कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थप २ हजार ७०९ मा कोरोना पुष्टि, २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त

काठमाडौँ — २४ घण्टामा देशभर २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जनामा कोरोना पुष्टि भएको हो ।

थप २ हजार ७०९ मा कोरोना पुष्टि, २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त

यसैगरी, ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।


यस्तै, २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?