कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री र एम्बुलेन्स सहयोग 

काठमाडौँ — भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली सेनाका अनुसार भारतीय सेनाले भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री सहयोग गरेको हो ।

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री र एम्बुलेन्स सहयोग 

सेनाले भारतीय सेनाले कुन सामग्री कति दिएको छ भन्नेबारे भने खुलाएको छैन ।

उक्त सामग्रीहरु नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जंगी अड्डामा पुगेर हस्तान्तरण गरे ।

कोरोनाको पहिलो लहर आउँदा पनि भारतीय सेनाले नेपाली सेनालाई औषधि र स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिसिल्ड खोपसमेत सहयोग गरेको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?