काठमाडौँ — नेपाली सेनाका एक जर्नेलको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार जावलाखेलस्थित १३ नम्बर बाहिनीका बाहिनीपति तथा सहायक रथी दिनेश केसीको निधन भएको हो ।
उनको सैनिक अस्पताल छाउनीमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको पौडेलले बताए ।
