बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

जेष्ठ १३, २०७८

रुपा गहतराज

बाँके — बाँकेमा कोरोना संक्रमणबाट बुधबार राति ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाँके, बर्दिया,दाङ, कञ्चनपुर, कैलाली छन् । त्यसमध्ये तीन जना बाँकेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते कोरोना पुष्टि भएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० कै ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई ६ गते भर्ना गरिएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ७३ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनी वैशाख २७ गते भर्ना भएकी थिइन् । 

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई ११ गते भर्ना गरिएको थियो ।

कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १८ गते भर्ना गरिएको थियो । 

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ५६ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ११ गते भर्ना गरिएको थियो ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully