कोरोनाबाट दाङमा थप १० को मृत्यु

दुर्गालाल केसी

दाङ — कोरोना संक्रमणका कारण मंगलबार जिल्लामा १० जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका ५, घोराही उपमहानगरपालिकाका २, बबई गाउँपालिकाका २ र दंगीशरण गाउँपालिकाका १ गरी १० संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

कोरोनाबाट दाङमा थप १० को मृत्यु

हालसम्म जिल्लामा १ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । हाल जिल्लामा २ हजार ६ सय ६० जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए ।

गत २४ घण्टामा २ सय ७ जना नयाँ संक्रमित थपिएको र ४५ जना निको भएको उनले बताए । हालसम्म जिल्लामा ९ हजार ४ सय ३४ जना संक्रमित भएको र त्यसमध्ये ६ हजार ६ सय १५ जना निको भएको चन्दले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?