कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बेडको अभाव भएमा अस्थायी अस्पताल बनाउनु : सर्वोच्च

काठमाडौँ — सर्वोच्च अदालतले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

बेडको अभाव भएमा अस्थायी अस्पताल बनाउनु : सर्वोच्च

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले खाली ठाँउ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले त्यस्ता उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्नु भनी सरकारका नाममा आदेश दिएको छ । स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव अनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवसथा गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।

त्यसरीगरी खोपको आपूर्ति गरी खोप अभियान सञ्चालन गर्नपनि आदेश दिएको छ । क्वारेन्टाइन, होम आइसोलेनलाई थप प्रभावकारी बनाउन पनि आदेश जारी गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×