काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको विवरण अनुसार देशभर हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको हो ।
२४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा नेपाली सेनाले व्यवस्थापन गरेको शवसहित १८७ जनाको निधन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा देशभर ८ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । यस्तै २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् । पीसीआर परीक्षण भने २७ लाख ५१ हजार ४८१ पुगेको छ ।
