काठमाडौँ — नेपालको लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक सरा बेयसोलो न्यान्तिले नेपालमा कोरोना भाइरसको संक्रमण उच्च विन्दुमा रहेको उल्लेख गर्दै नेपाललाई खोप पठाउनको लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससलाई आग्रह गरेकी छन् ।
उनले आफ्नो ट्वीटमार्फत निर्देशक गेब्रियससलाई आग्रह गरेकी हुन् ।
Is the world listening?
— Sara Beysolow Nyanti (@NyantiSara) May 15, 2021
With the highest case positivity rate in the world, the data is also speaking.
Send vaccines to Nepal now! @WHONepal @unicef_nepal @WHO @UN_Nepal @WHOSEARO @UN https://t.co/6kAWnMHL5T
उनले शुक्रबार पनि अन्तर्राष्ट्रिय समुदायले नेपालको जोखिम भारतको भन्दा फरक भएको उल्लेख गर्दै नेपाललाई तत्काल सहयोगको लागि अपिल गरेकी थिइन् । केहि दिन अघिमात्र नेपाललाई सहयोग गर्नको लागि भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले उनलाई फोन गरेका थिए ।
विश्व स्वास्थ्य संगठनका निर्देशक ग्रेबियससले पनि पछिल्ला समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकोले नेपाललाई आपत्कालीन सहयोग चाहिएको भन्दै विश्व समुदायलाई सहयोगको लागि अपिल गरेका छन् ।
