बुटवल कोरोना अस्पतालमा २ जनाको मृत्यु

वैशाख १८, २०७८

सन्जु पौडेल

बुटवल — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी र रुपन्देहीका एक पुरुष र एक महिला रहेका छन् ।

गत वैशाख १७ गते संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी नवलपरासीको रामग्राम–१० की ४५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनलाई एचडीयूमा राखी उपचार गरिएको थियो ।

त्यस्तै, रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको ५ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले बताए । मृतकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको गौतमले जानकारी दिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully