बिहीबारदेखि चिडियाखाना पनि बन्द

वैशाख १५, २०७८

इकान्तिपुर डेस्क

काठमाडौँ — सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणका बढेपछि सरकारले एक साता निषेधाज्ञा लगाएसँगै चिडियाखाना पनि बन्द हुने भएको हो । 

सरकारको अर्को निर्णय नआएसम्म बिहीबारदेखि वैशाख २२ गतेसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको प्रमुख चिरञ्जिवी पोखरेलले बताए ।

चिडियाखाना बन्द भएपनि प्रशासनिक तथा अन्य कामहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने उनले जानकारी दिए । 

उनले भने,'निषेधाज्ञा अवधिभर आगन्तुकहरु आउनुहुन्न,अन्य काम भने हुनेछन् ।' वन्यजन्तुहरुलाई खुवाउने,नियमित औषधि दिनेजस्ता अन्य कामहरु हुने उनले बताए ।

कोरोना भाइरस

इकान्तिपुर

Link copied successfully