अर्घाखाँची प्रशासन एक साता बन्द

वैशाख १५, २०७८

वीरेन्द्र केसी

अर्घाखाँची — सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहित केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द गरेको छ ।

प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक हुने कार्य सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

शान्ति सुरक्षा, विपद्, उद्धार, मुद्दा, ठाडो उजुरीसहित अति जरुरी सेवा बाहेक अन्य सेवा बिहीबारदेखि २२ गतेसम्मका लागि स्थगित गरिएको पौडेलले बताए । 

जिल्लामा हालसम्म ८ सय ६१ जना कोरोना संक्रमित छन् । १९ जनाको ज्यान गएको छ ।

कोरोना भाइरस

वीरेन्द्र

Link copied successfully