मधेस आन्दोलनमा लागेका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

वैशाख १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका १ सय २० जनाविरुद्धका मुद्दा फिर्ता लिएको छ । विभिन्न १५ मुद्दामा १ सय २० जनाविरुद्ध मुद्दा लागेको र ती मुद्दाहरू फिर्ता गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सरकारले नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धि निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको बुधबार मन्त्री गुरुङले जानकारी दिए । जनता समाजवादी पार्टीले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने क्रममा ती मुद्दा फिर्ता लिइएको र आगामी दिनमा पनि बाँकी मुद्दा फिर्ताको चरणमा रहेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, 'अरु मुद्दाहरूलाई पनि क्रमशः कानुनी हिसाबले फिर्ता लिने क्रममा छन् ।'

नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग सम्बन्धित बन्दीलाई पनि रिहाइ गर्नेबारे निर्णय हुने गुरुङले जनाए । 

जसपाले २ सय ८ जना बन्दीलाई रिहाइ गर्नका लागि सरकारसँग वार्ता गरिरहेको छ । सरकारसँग जसपाको सहमति बमोजिम नै उक्त संख्यामा बन्दी रिहाइ भएका हुन्।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully