काठमाडौँ — बुधबार लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।
मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ ।'
