शंकर पोखरेल भन्छन् : समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो, समयमै सचेत बनौँ

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कर्णालीको राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

शंकर पोखरेल भन्छन् : समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो, समयमै सचेत बनौँ

शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णालीका ४ जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जना प्रदेश सांसदले मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको हो ।

एमालेमा झलनाथ खनाल–माधवकुमार नेपाल समूह पक्षको समानान्तर गतिविधिकै कारण कर्णालीमा पछिल्लो घटना घटेको पनि लुम्बिनीका मुख्यमन्त्री पोखरेलको दाबी छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौं, पार्टी र आन्दोलनको रक्षाका लागि निःसर्त पार्टी काममा जुटौं ।’

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । त्यस्तै लुम्बिनीमा पनि माओवादी र कांग्रेस एमाले नेतृत्वको सरकार परिवर्तन गर्ने प्रयासमा रहेका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?