२४ घण्टामा थपिए ३०३ कोरोना संक्रमित

चैत्र २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् । 

आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर ८३ जना क्‍वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully