२४ घण्टामा नेपालमा थपिए ३३२ कोरोना संक्रमित

चैत्र २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३३२ कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।

२४ घण्टामा ७९ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।

त्यस्तै २ हजार ४ सय ५४ जना आइसोलेसनमा र ७७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३ पीसीआर परीक्षण भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully