चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण - समाचार - कान्तिपुर समाचार

चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले कोरोना भाइरस विरुद्धको खोपको ८ लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धि दस्ताबेज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् । 

तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

चीनले सहयोगस्वरुप दिएको ८ लाख डोज कोरोना खोप सोमबार मात्रै काठमाडौं आइपुगेको थियो ।

कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध खोपको सहयोगले थप मजबुद बनाएको बताएका छन् ।

ओलीले भारत र चीन दुवै छिमेकी मुलुकबाट नेपाललाई खोपको सहयोग भएको बताएका थिए । त्यस्तै, थप कोरोना खोप खरिदका लागि सरकारले तयारी अगाडि बढाएको पनि जानकारी दिएका छन् ।

खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले राष्ट्रपति सी चिनफिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धता'को कार्यान्वयन भएको बताएकी थिइन् । उनले नेपाल र चीनबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत खोप हस्तान्तरण कार्यक्रम रहेको धारणा राखेकी थिइन् ।

प्रकाशित : चैत्र १६, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा नेपालमा थपिए १४१ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार थपिएका १४१ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ६ सय १२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार ३ सय ४१ जना आइसोलेसनमा र ५६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र १६, २०७७ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×