कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको दाहाल–नेपालसमूहको संसदीय दलको बैठक बस्दैछ । बैठक १ बजे सिंहदरबारमा बस्ने दाहाल–नेपाल समूहका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।  प्रतिनिधिसभाको बैठक २३ गते ४ बजे बस्दैछ ।

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

त्यसअघि दाहाल–नेपाल समूह कांग्रेस र जसपासँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा छ । यद्यपि अहिलेसम्म कांग्रेस र जसपासँग सहमति भइनसकेको एक सांसदले बताए । कांग्रेसले पनि आजै संसदीय दलको बोलाएको छ ।

नेकपाकै ओली समूहले पनि फागुन २३ गते ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि नेकपा राजनीतिक र संगठनात्मक रुपमा विभाजित भएको छ ।

दाहाल–नेपाल समूहको माघ १९ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई आकस्मिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीर रुपमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । साथै यो समूहको पुस ७ गते बसेको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई बनाएको थियो ।

ओलीले पनि एकीकृत दलका मुख्य सचेतक गुरुङलाई हटाएर आफूनिकट विशाल भट्टराईलाई मुख्य सचेतक बनाएका छन् । अर्कोतर्फ दाहाल–नेपालसमूहको बुधबारको बैठकले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई तीन दिन भित्र राजीनामा दिन निर्देशन दिएको थियो । साथै उनलाई स्थायी कमिटी सदस्यबाट पनि निलम्बित गरेको थियो ।

दाहाल–नेपालसमूले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्बाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई बिहीबार जानकारी गराएको थियो।

प्रकाशित : फाल्गुन २१, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?