अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ : मुख्यमन्त्री पोखरेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ : मुख्यमन्त्री पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु हुने प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्चको फैसला आएपछि प्रतिक्रिया दिँदै केपी शर्मा ओली खेमाको नेकपाका स्थायी कमिटीसमेत रहेका मु्ख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।'

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको हो । अब प्रतिनिधिसभा बैठक १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन ११, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्

युवक हत्या प्रकरण : दोषी जोगाउन खोजेको पीडित परिवारको आरोप

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवारजनले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरीमा न्याय प्राप्तिका लागि सहयोग गर्न आग्रह गरे । मृतककी बहिनी सदीक्षा बाँस्तोलाको नेतृत्वमा आएका आफन्त र स्थानीयले इलाका प्रहरी उर्लाबारीविरुद्ध नाराबाजी गरेका थिए ।

इप्रकाका प्रहरी निरीक्षक उद्धव पोखरेललाई निलम्बन गरी छानबिन गर्न पीडित परिवारको माग छ । मृतककी बहिनी सदीक्षाले जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यलाई न्याय प्राप्त हुने गरी मुद्दा दर्ता गराइदिन आग्रह गरिन् । आचार्यले प्रहरीले अनुसन्धान गरी फाइल बुझाएको, शव परीक्षण र फरेन्सिक प्रतिवेदन पनि आइसकेकाले चाँडै जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा जुटेको बताए । उनले सरकारवादी मुद्दा भएकाले आफूहरूले काम गर्ने तर मुद्दा विवादित भइसकेकाले व्यक्तिगत रूपमा पनि वकिल राख्न सुझाव दिए । मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई पनि न्याय प्राप्तिमा सघाइदिन आग्रह गरेका छन् ।

बाँस्तोलाको शव पुस ५ गते स्थानीय गोदावरी अस्पताल ल्याएपछि मात्रै खबर पाएको परिवारको भनाइ छ । उर्लाबारी–४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका रिकेश शिवा भन्ने मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । रिकेश, दीपेश पौडेल, राजेश रणपहेलीसँगै प्रवीणले उर्लाबारी पूर्वपट्टिको बस स्टेन्डनजिक सौरवी होटलमा रक्सी खाएर सबै जना रिकेशको डेरामा सुत्न गएका थिए ।

घटनाको भोलिपल्टै पक्राउ गरेका रिकेश, दीपेश र राजेश रिहा भइसकेका छन् । आइतबार इलाका प्रहरीमा बुझ्न जाँदा अनुसन्धान गरिएको फाइलमा मृतकको नभएर अर्केको फोटो भेटाएपछि परिवारजन आक्रोशित भएका थिए । प्रहरीले अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको तर त्यहाँबाट मुद्दा चल्न नसक्ने भन्दै फाइल फिर्ता गरिदिएको थियो । उक्त घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ २१:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×