झाँक्रीलाई पक्राउ गरिनु लोकतन्त्रविरुद्ध सर्मनाक घटना : वरिष्ठ नेता खनाल

माघ २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रहरीले बिहीबार दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि नेता खनालले झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका हुन् । झाँक्रीलाई पक्राउ गर्नु लोकतन्त्रविरुद्ध अर्को सर्मनाक घटना भएको खनालले बताए ।

'रामकुमारी झाँक्री हाम्रो पार्टीको होनाहार यूवा नेतृ हुनुहुन्छ । उहाँले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँ जस्तो नेतृलाई केपी शर्मा ओलीका पुलिसहरुले जुन ढंगले गिरफ्तार गर्ने काम गरेका छन्, यो घटना लोकतन्त्रका विरुद्ध अर्को सर्वनाक घटना हो,’ खनालले कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा भने,  'यो घटनाको निन्दा र भर्त्सना गर्दछु । र, रामकुमारी झाँक्रीलाई तुरुन्त अविलम्व, निसर्त रिहाईको माग गर्दछु । यदि उहाँको त्यसरी रिहाई भएन भने यसको कडा प्रतिक्रिया हुने कुराको बारेमा पनि म चेतावनी दिन चाहन्छु ।’

सम्बन्धित समाचार

 

 

रामकुमारी झाँक्रीसंसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully