प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी आन्दोलन गरिरहेको नेकपा दाहाल–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध कसुरको मुद्दा लगाएर कारबाही गर्ने सरकारको प्रयास एक दिन पनि टिकेन । झाँक्रीलाई प्रहरीले पक्राउ गरेकामा सत्तापक्षीय नेकपाबाहेक सबै राजनीतिक दल, नेता, पेसाकर्मी र नागरिकले विरोध गरेपछि बिहीबार साँझ रिहा गरिएको छ ।