आलोचना गर्दा मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्ठा हो : नेता रिजाल
काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले नागरिक स्वतन्त्रताको हनन भएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीले बिहीबार दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी हुन् । पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जालमा राखेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताका हनन मात्रै होइन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो ।’
रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।।
सम्बन्धित समाचार
त्यस्तै दाहाल–नेपाल समूहका अर्का केन्द्रीय सदस्य विष्णु रिजालले झाँक्री पक्राउ प्रकरणबाट विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनपयुक्त र अयोग्य पात्र भएको बताएका छन् । उनले लेखेका छन्, ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ, रामकुमारी झाँक्री प्रकरणबाट थप प्रस्ट भएको छ, विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्ने मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्ठा हो ।’
जुन मुद्दा लगाए पनि मञ्जुर छ: रामकुमारी झॉक्री प्रकरणबाट थप प्रस्ट भएको छ- विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्ने मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो ।
