१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रामकुमारी झाँक्री प्रक्राउ परेपछि गगन थापाले भने : सरकार झ्यालखानाको संख्या थप

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउको कांग्रेस नेता गगन थापाले पक्राउको विरोध गरेका छन् । 

रामकुमारी झाँक्री प्रक्राउ परेपछि गगन थापाले भने : सरकार झ्यालखानाको संख्या थप

सामाजिक सञ्‍जालमार्फत पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने बताएका छन् ।

'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने रु उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन,; थापाले भनेका छन् ।

झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनको शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरेको बताएको छ । झाँक्रीलाई पक्राउ गरेपछि नागरिक स्वतन्त्रता भएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताले विरोध गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : माघ २९, २०७७ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?