कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीका वकिलको तर्क- 'प्रधानमन्त्री राजा र श्री ३ बराबर हो' 

प्रधानमन्त्रीका निजी वकिलहरूको बहस सकियो, सभामुखका कानुन व्यवसायीको बहस सुरु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।

ओलीका वकिलको तर्क- 'प्रधानमन्त्री राजा र श्री ३ बराबर हो' 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् । 'संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,' उनले भने ।

राजा र श्री ३ (राणाशासकहरू) मा जत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोहोर्‍याएका थिए ।

'पहिलेको संविधानले जति अधिकार राजालाई दिएको थियो अहिले त्यति नै अधिकार प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्री भनेको केपी ओली हो । अहिले केपी ओली श्री ३ बराबर हो,' गौतमले भने ।

उनले प्रधानमन्त्रीलाई संविधानले अवशिष्ट अधिकार दिएकाले त्यो अधिकार रहेको तर्क गरेका थिए । अवशिष्ट अधिकार भएकाले नै प्रधानमन्त्रीले संसद् विघटन गरेको उनको भनाइ थियो । संवैधानिक इजलासले संविधान हेरेर निवेदन खारेज गर्नुपर्ने गौतमको माग थियो ।

प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूको समय सकिएको छ । अब सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।

प्रकाशित : माघ २९, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?