कान्तिपुरकर्मी फातिमा बानुसहित तीन जनालाई बारबरा फाउन्डेसनको विशिष्ट सम्मान 

माघ १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी फातिमा बानुसहित तीन  जना पत्रकारलाई बारबरा फाउन्डेसनले कोभिड-१९ विशिष्ट सम्मान प्रदान गरेको छ ।

पत्रकारिता विधातर्फ कोभिड-१९ को विषयमा निरन्तर उत्कृष्ट पत्रकारिता गरेको भन्दै बानुसँगै अनलाइनखबर डटकमका संवाददाता सागर बुढाथोकी, देशसञ्चार डटकममा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई फाउन्डेसनले सम्मान गरेको हो ।

त्यस्तै संस्थागत सञ्चार माध्यममा नेपाल न्युज नेटवर्कलाई फाउन्डेसनले सम्मानित गरेको छ । सम्मानित चार जनालाई नै नगद ५० हजार १ रुपैयाँ पुरस्कार राशि दिइने  फाउन्डेसनले जनाएको छ ।

बारबारा फाउन्डेसनले गत भदौ २५ गते प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगीलगायत पत्रकारलाई कोभिड-१९ विशिष्ट सम्मान प्रदान गर्ने घोषणा गरेको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully