२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोनाविरुद्धको खोप विराटनगर आइपुग्यो

मोरङ — प्रदेश १ का लागि ९६ हजार खोप सोमबार विराटनगर आइपुगेको छ । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरेर राखिएको हो ।

कोरोनाविरुद्धको खोप विराटनगर आइपुग्यो

सरकारले विराटनगर पठाएको उक्त खोप यस प्रदेशस्थित १४ वटै जिल्लामा सोमबारसम्ममा पुर्‍याइसक्ने प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशस्थित जिल्ला अस्पताल र ठूला अस्पतालहरुमा अग्रपंक्तीमा बसेर काम गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको तयारी छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले पहिलो चरणमा ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने तयारी गरिएको बताए । ‘खोप लगाउनेहरुको सूचीकरण स्थानीय तहहरुले गरिसकेका छन्,’ उनले भने,‘पहिलो पटक खोप लगाएका व्यक्तिले १ महिनापछि पुन: लगाउनु पर्छ ।’ पहिलो चरणमा बुधबारबाट खोप लगाउन सुरु गर्ने तयारी गरिएको उनले सुनाए ।

पहिलो चरणमा आवश्यक ७१ हजार १ सय ५२ खोपभन्दा बढी आएको प्रसाईंले बताए । अग्रपंक्तिलाई लगाएर बाँकी रहेका खोप कसलाई लगाउने बारे नीति प्रदेश सरकारले बनाइसकेको छैन ।

प्रकाशित : माघ १२, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?