कानुन व्यवसायीहरूको आकस्मिक बैठक बस्दै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुन व्यवसायीहरूको आकस्मिक बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अरू कानुन व्यवसायीका बारेमा गरेको टिकाटिप्पणीबारे छलफल गर्न कानुन व्यवसायीहरूको आकस्मिक बैठक बस्दैछ ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पदाधिकारिहरूको छुट्टाछुट्टै बैठक डाकेको हो ।

त्यसैगरी नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले पनि भर्चुअल छलफल गरिरहेको नेपाल बारका एक पदाधिकारीले बताए । 'प्रधानमन्त्रीको अभिव्यक्ति निकै आपत्तिजनक र कानुन व्यवसायीको पेशागत मर्यादामाथिको प्रहार हो,' ती पदाधिकारीले भने,'त्यसबारे के गर्ने भन्ने तय गर्न मिटिङ गर्न लागेका हौं ।'

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले 'बुढा मान्छेलाई अदालतमा लगेर तमासा देखाएको' भनी टिप्पणी गरेका थिए । आइतबार नै इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसबारेमा प्रश्न उठाए पनि इजलासले उनको विषयवस्तुलाई वास्ता गरेन ।

प्रकाशित : माघ ११, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर 'बाझाबाझ'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । 

आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।

श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे ।

त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारी वकिलहरु पनि आ-आफ्नो स्थानमा बसे । पालो अनुसार निवेदकमध्येका एक वरिष्ठ अधिवेक्ता दीनेश त्रिपाठीले बहस सुरु गरेका थिए ।

प्रकाशित : माघ ११, २०७७ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×