कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण पुष्टि, ५२७ जना कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण पुष्टि, ५२७ जना कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।

प्रकाशित : पुस २७, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?