१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

२४ घण्टामा ६५९ जनामा कोरोना पुष्टि, ७को मृत्यु

काठमाडौं उपत्यकामा थपिए २७८ संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ६५९ जनामा कोरोना पुष्टि, ७को मृत्यु

२४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ ।

काठमाडौं उपत्यकामा थपिए २७८ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १११ महिला र १७६ जना पुरुष रहेका छन् । काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना कोरोना संक्रमित देखिएका हुन् ।

प्रकाशित : पुस १३, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?