कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थायी कमिटी बैठकअघि ओली-दाहाल छलफल

काठमाडौँ — नेकपाका अध्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल छलफलमा बसेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

स्थायी कमिटी बैठकअघि ओली-दाहाल छलफल

स्थायी कमिटी बैठक बालुवाटारमा १ बजे बोलाइएको छ ।

तीन दिनको स्थगनपछि बुधबार स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।

यसैबीच बुधबार बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। पोखरेलले दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका थिए । त्यसपछि नै ओली र दाहाल छलफलमा बसेका हुन् ।

प्रकाशित : पुस १, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?