काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार संक्रमित पुष्टि हुनेमा १८८ जना महिला र २५४ पुरुष रहेका छन् ।
काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । देशभर आज संक्रमित पुष्टि हुनेमा १ हजार १४ जना रहेका छन् ।
यस्तै, सोमबार कोरोनाबाट १ हजार ६ सय २८ जना निको भएका छन् । कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
