पछिल्लो २४ घण्टामा थपिए १ हजार १४ कोरोना संक्रमित

मंसिर २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २२० पीसीआर परीक्षण भएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully