कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पछिल्लो २४ घण्टामा थपिए १२ सय ७२ कोरोना संक्रमित, १६ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ३१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए १२ सय ७२ कोरोना संक्रमित, १६ को मृत्यु

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

प्रकाशित : मंसिर १९, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?