कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बाँकेमा कोरोनाबाट दाङका ३ संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा उपचाररत दाङ, तुलसीपुरका तीनजना कोरोना संक्रमितको बिहीबार राति मृत्यु भएको छ ।

बाँकेमा कोरोनाबाट दाङका ३ संक्रमितको मृत्यु

मंसिर १० गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर–१६ का २६ वर्षीय युवाको मध्यराति १२ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाकेले जनाएको छ ।

त्यसअघि तुलसीपुरकै ८१ वर्षीय पुरुषको मृत्यु भएको थियो । मंसिर १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका तुलसीपुर नगरपालिका–५ दाङका ८१ वर्षीय पुरुषको बिहीबार राति १० बजेर ४५ बजे मृत्यु भएको हो ।

त्यसको डेढ घण्टा पहिले दाङकै ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको थियो । तुलसीपुर उपमहानगरपालिका–११ दाङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।

बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार रेमडेसिभिर, प्लाज्मा थेरापी, अक्सिजनसहितको सबै विधिबाट उपचार चलिरहेकै अवस्थामा तीन जनाको मृत्यु भएको हो ।

प्रकाशित : मंसिर १९, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?