पछिल्लो २४ घण्टामा थपिए १९ सय ४५ कोरोना संक्रमित, ५३ सय ६४ डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा १० हजार ३ सय ४० पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ४३ हजार ८ सय ९९ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए १९ सय ४५ कोरोना संक्रमित, ५३ सय ६४ डिस्चार्ज

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ६ सय ६५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५३ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।

प्रकाशित : मंसिर ५, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?