सेती अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

मंसिर ५, २०७७

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी  दिलिप श्रेष्ठका अनुसार  गौरीगंगा नगरपालिका– ७ की ७४ वर्षीया महिलाको  शुक्रबार बिहान साढे दस बजे मृत्यु भएको हो । कात्तिक २९ गते कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मृगौला पीडित उनमा कोरोनाको कारण श्वासप्रशासनमा समस्या देखिएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । 

धनगढी उप–महानगरपालिका–५ का ५५ वर्षीय अर्का पुरुषको दिउँसो साढे १२ बजे मृत्यु भएको छ । उनलाई २५ गते कोरोना पुष्टि भएको थियो ।  मधुमेह पीडित उनलाई पनि कोरानाको कारण श्वासप्रश्वासमा  समस्या भएपछि  अस्पताल भर्ना गरिएको थियो ।  उनको पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट हालसम्म ३६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

मोहन

Link copied successfully