तिलोत्तमा — भैरहवास्थित भीम अस्पतालमा मंगलबार बिहान ५ बजे एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । गत कात्तिक २६ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका उनलाई सोमबार राति हृदयघात भएको थियो ।
डा. पोख्रेलका अनुसार हृदयघातपछिको उचारका लागि तयारी गर्दागर्दै उनको मृत्यु भएको हो ।
