काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण

मंसिर १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ३७३,भक्तपुरमा ४४ र ललितपुरमा ८४ गरी ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थपिएका नयाँ संक्रमितमध्ये २१२ जना महिला र २८९ जना पुरुष छन् । 

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १४ हजार २७९,भक्तपुरमा ११ सय ८८ र ललितपुरमा २२ सय ४ जना सक्रिय संक्रमित छन् ।

यस्तै, काठमाडौंमा ११ हजार ३ सय २८,भक्तपुरमा १ हजार २८ र ललितपुरमा १९५९ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully