कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरोनाबाट दुई चिकित्सकको निधन

इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ ।

कोरोनाबाट दुई चिकित्सकको निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।

डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् । यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् ।

डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

प्रकाशित : मंसिर १, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?