डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली

कार्तिक २९, २०७७

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् । कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् । 

केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । सुवेदीका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।

डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् । 

कोरोना भाइरस

इकान्तिपुर

Link copied successfully