पोखरा — पोखरामा शुक्रबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा–१४ की ६७ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान २ बजे मृत्यु भएको हो । कात्तिक २१ मा संक्रमण पुष्टि भएकी उनलाई निमोनिया, उच्च रक्तचाप लगायत समस्या थियो ।
पोखरा–२५ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान ज्यान गुमाए । कात्तिक १८ मा कोरोना संक्रमण भएका उनलाई बाइल्याटरल निमोनियाको समस्या थियो ।
