कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपत्यका छाड्ने र भित्रिने क्रम निरन्तर

कोरोना संक्रमणको प्रभाव बढाउन जथाभावी भइरहेको यात्रा पनि प्रमुख कारकका रूपमा देखिन्छ
जनकराज सापकोटा

काठमाडौँ — दसैंअघि काठमाडौं छाड्ने र लगत्तै फर्कनेको लर्कोले कोरोना संक्रमण झन् फैलिने देखिएको छ ।

उपत्यका छाड्ने र भित्रिने क्रम निरन्तर

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बडादसैंअघिका चार दिन अर्थात् कात्तिक ६–९ गतेको अवधिमा उपत्यकाबाट १ लाख १२ हजार २ सय ९६ जना बाहिरिएका थिए भने यही अवधिमा ४९ हजार १ सय ५८ उपत्यका भित्रिएका छन् ।

दसैंपछिका चार दिन अर्थात् ११–१४ गतेको अवधिमा ८० हजार ८ सय ३२ जना उपत्यकाबाट बाहिरिएका छन् भने यही अवधिमा ९० हजार ९ सय ९४ जना उपत्यका भित्रिएका छन् ।

शुक्रबार मात्रै ४ हजार ८ सय ३७ सवारीमा २७ हजार ६ सय यात्रु भित्रिए भने ४ हजार ७ सय १४ सवारीमा २३ हजार ९ सय जना उपत्यकाबाट बाहिरिए । जबकि एक साताअघिको शुक्रबार अर्थात् ७ गते मात्रै १७ हजार ३ सय यात्रु उपत्यका भित्रिएका थिए भने ४८ हजार ९८ जना बाहिरिएका थिए । पछिल्ला १४ दिनमा उक्त दिन नै एकैसाथ सबैभन्दा धेरै यात्रुले उपत्यका छाडेको देखिन्छ ।

कोरोना संक्रमित र संक्रमणकै कारण मृत्यु हुनेको ग्राफ बढे पनि कात्तिक १–१४ गते अवधिमा मात्रै ३ लाख २० हजार ६ सय ६ जना उपत्यकाबाट बाहिरिएर विभिन्न जिल्ला पुगे । यही अवधिमा २ लाख ३० हजार ६ सय ७० जना विभिन्न जिल्लाबाट उपत्यका भित्रिए । यो तथ्यांकले कोरोना संक्रमण तीव्र बन्दै गइरहेका बेला देशभित्र आन्तरिक यात्रा गर्नेहरूको संख्या कति छ भन्ने देखाउँछ ।

असोजको पहिलो साताबाटै उपत्यका भित्रिने र बाहिरिनेहरूको ठूलो संख्या एकैसाथ यात्रारत रहेको महाशाखाको तथ्यांकले देखाउँछ । असोज ५–३० गतेको अवधिमा मात्रै ३५ लाख ५९ हजार यात्रु उपत्यका भित्रिएको महाशाखाको रेकर्डमा छ ।

यही अवधिमा ३३ लाख ३६ हजार उपत्यकाबाट बाहिरिएका थिए । महाशाखाका अनुसार यो तथ्यांकमा एउटै व्यक्ति बारम्बार गर्ने यात्रामा धेरै पटक गणना पनि भएको हुन सक्छ । यद्यपि यो तथ्यांकले कोरोना संक्रमणको तीव्र फैलावटसँगै देशभित्र ठूलो जनसंख्याले यात्रा गरिरहेको देखाउँछ ।

कोरोना संक्रमण नियन्त्रणका निम्ति सरकारले गत चैत १० गतेयता विभिन्न चरणमा लकडाउन र निषेधाज्ञाहरू गर्दै आएकाले आन्तरिक यात्रा लामो समय ठप्प थियो । त्यसैको प्रभावजस्तो देखिने गरी दसैंको आसपासमा उपत्यका छाड्ने र भित्रिनेको संख्या अघिल्ला वर्षहरूको दसैंमा भन्दा धेरै देखिएको छ ।

२०७४ को दसैंको अवधिमा २६ लाखले उपत्यका छाडेका थिए भने २१ लाख उपत्यका भित्रिएका थिए । यो संख्या २०७५ को दसैंमा बढेर उपत्यका छाड्नेको संख्या झन्डै २९ लाख उपत्यका भित्रिनेको संख्या २१ लाख ८३ हजार पुगेको थियो । २०७६ मा भने ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख उपत्यका भित्रिएका थिए ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान सुरु भएयता कात्तिक १४ गतेसम्म १ लाख २६ हजारभन्दा धेरै यात्रु विभिन्न ३३ देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं अवतरण गरेको देखिन्छ ।

पछिल्ला चार वर्षको तथ्यांकलाई तुलना गरेर हेर्दा अघिल्ला तीन वर्षभन्दा यो वर्ष उपत्यका छाड्ने र भित्रिनेको संख्या उच्च देखिन्छ । यसका पछि महिनौंसम्म बन्द भएका अन्तर्राष्ट्रिय उडान चाडको मुखैमा सुरु हुनु र महिनौंसम्मको आवतजावत ठप्प भएको परिस्थिति जिम्मेवार देखिन्छ ।

प्रकाशित : कार्तिक १६, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?