कोरोनाबाट धरानमा थप एकको मृत्यु

कार्तिक १६, २०७७

सुनसरी — कोरोनाबाट धरानमा थप एकको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमेजेन्सी विभागमा उपचाररत धरान उपमहानगरपालिका-९का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उच्च रक्तचापका दीर्घ रोगी ती पुरुषको शनिबार नै मृत्यु भएपनि प्रतिष्ठानले सोमबार (आज) मात्र औपचारिक जानकारी दिएको हो । उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको र स्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानले कोभिड अस्पतालमा स्थानान्तरण गर्ने तयारी गर्दा गर्दै वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

योसहित प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।

कोरोना भाइरस

Link copied successfully