नवलपरासी पूर्वका थप ३ जनाको कोरोनाबाट मृत्यु

कार्तिक १६, २०७७

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिकाका ३८ वर्षीय एक पुरुषको शनिबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यसैगरी कावासोती र विनयी त्रिवेणी गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको छ  ।विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया महिलाको उपचारका क्रममा चितवन मेडिकलमा मृत्यु भएको हो ।

कावासोती नगरपालिका–११ का ४८ वर्षीय पुरूषकाे पनि चितवन मेडिकल कलेजमा मृत्यु भएकाे हाे ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully