काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ३५७ कोरोना संक्रमित

कार्तिक १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् । 

शनिबार मुलुकभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully