कोरोनाबाट थप १७ जनाको मृत्यु

मृतकको संख्या ९३७ पुग्यो

कार्तिक १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ  । 

शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully