बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु

कार्तिक १५, २०७७

रुपा गहतराज

बाँके — बाँकेमा कोरोनाका कारण दाङका ७० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ७० वर्षीय पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उनलाई  स्वास्थ्यमा समस्या भएपछि कात्तिक ११ गते कोहलपुरको आईसीयू युनिटमा भर्ना गरिएको थियो । कोरोना आशंकामा भोलिपल्ट स्वाब लिएर जाँच गर्दा त्यही दिन बेलुका ५ बजे कोरोना पुष्टि भएको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully