नवलपरासी पूर्वमा हाेम आइसोलेसनमा रहेका २ जना संक्रमितको मृत्यु

कार्तिक १५, २०७७

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट हाेम आइसोलेसनमा रहेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासाेती नगरपालिका–६ का ६७ वर्षीय पुरुषकाे हाेम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।

त्यसैगरी गैंडाकाेट नगरपालिका–२  कि ७७ वर्षीया महिलाकाे हाेम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुकाे सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ । उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हाे ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully