सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

कार्तिक १५, २०७७

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । 

मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् । 

कोरोना भाइरस

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully