२४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३८ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ । 

२४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३८ जना कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?